वाग्मती सफाइ महाअभियानको ३०० औँ हप्ता सम्पन्न साथै डुंगा रयाप्टिण्गको झलकहरु (फोटो फिचर )



काठमाडौं २६ :

वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना सम्पन्न भएको छ । ‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ मूल नाराका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।




समारोहस्थल शंखमूलमा उत्तरतर्फ मीनभवन र दक्षिणतर्फ बुद्धनगर (यूएन पार्क) बाट बाग्मती सफाइ अभियन्ताहरू र सयौँका स्वयंसेवक र्‍याली सहित सहभागी भएका थिए








विसं २०७० जेठ ५ गते  तत्कालीन मुख्यसचिव एवम् हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गर्नु  भएको थियो ।
शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई ,खानेपानी तथा सरसफाइमन्त्री बिना मगर , प्रहरी , आर्मी र ससस्त्र प्रहरी बल ,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो।








सुरुको १००औँ हप्तासम्म बागमती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो। २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न १० बुँदे घोषणापत्र जारी गरिएको थियो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजै ७ सय ५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने घोषणा समेत् गरेको छ।
यसै अवसरमा बागमती अभियन्ताको सहयोगमा  आज Boating पनि गरिएको छ |




















Comments

Popular posts from this blog

A Message for World on Coronavirus #GGAspeakforlife #StayHome #SaveLives...

कोरोसियालि खेलाडिको हौसला र प्रेरणाकि खानी रास्ट्रपति हुन।