Posts

Showing posts from May, 2018
मेरो जिन्दगिकी 'सारथि' तिमी। मलाइ माया गर्न 'पारखी' तिमी।। मेरो पीडामा मलम 'लगाउने' तिमि। मेरा सबै  दुखहरु 'भगाउने' तिमी।। मेरो अनुपस्थितिमा 'रुन्छौ' तिमी। मेरा हरेक यादहरुमा 'हुन्छौ' तिमी।। मेरा लागि जे पनि गर्छु भन्छौ तिमी। मलाइ नपाए जिउदै मर्छु भन्छौ तिमी।।
Image
गरीबको छानो रसायो तप्प थोपाले ब्युँझायो बर्खा लागेको आलर्म दर्शायो .
काठमाडौं – सुन तस्करी र सनम शाक्य हत्यामा पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले नेपालमा हुने सुन तस्करीमा कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिम  समूहको समेत संलग्नता रहेको बताएका छन्। गृह मन्त्रालयको विशेष अनुसन्धान समितिलाई दिएको बयानमा उनले यस्तो बताएका हुन्। गोरेलाई समितिले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो। सार्वजनिक गर्नुअघि भिडियोमा उनको बयान रेकर्ड गरिएको थियो। बयानमा उनले आफू सुन तस्करीको व्यवस्थापक मात्र भएको र मुख्य लगानीकर्ता दाउद समूहसँग मिलेको बताएका हुन्। समितिको अनुसन्धानमा दुबईबाट एक समूहले सुन पठाउने गरेको पाइएको छ। दुबईलाई दाउदको आधारभूमि मानिन्छ। स्रोतका अनुसार, गोरेले सुन तस्करीमा ५ जना मुख्य लगानीकर्ता भएको बताएका छन्। मोहन अग्रवाल, भुजुङ गुरुङ, डा डेविड भन्ने छिरिङ घले नेपालका मुख्य लगानीकर्ता भएको उनको भनाइ छ। यसका साथै तस्करीमा दुई भारतीय व्यापारीको पनि लगानी रहेको उनले बताएका छन्। जैन भनिने कोलकाताका एक व्यवसायी र उनका साथीको विवरण गोरेले समितिलाई दिएका छन्। ‘उनीहरु दाउदकै मान्छे हुन्’, बयानमा उनले भनेका छन्, ‘धेरैजसो सुन उनीहरुले नै भारत लैजाने गर्थे। ने