कर्णालीका नागरिक होस या काठमाडौका , सबै नेपाली  हुन्, सबैको उपचार गुणस्तरीय र समान रुपले हुनुपर्छ।

जुम्ला । अनसरत डा. गाेविन्द केसी ९ दिनदेखि भाेकै छन् । उनकाे स्वासप्रश्वासमा बाधा अाएकाे छ र छाती तथता मांशपेसीमा दुखाइ बढेकाे छ । मुस्किलले बोल्न सक्ने अवस्थाका उनी शिथिल देखिन्छन् ।दिन प्रतिदिन उनको स्वास्थ्य कमजोर हुदैछ। 

प्रदेश ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा सुतिरहेका डा. केसी नजिकै उनका दुई सहयोगी छन् । सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए ।
उनले संवाददातालाई पुलुक्क हेर्दै हातको इसाराले नजिकै बोलाएर सोधे, ‘सञ्चै हुनुहुहुन्छ ?’ ‘हजुरलाई कस्तो छ ?’ प्रतिप्रश्नमा केसीले जवाफ दिए, ‘स्वासप्रश्वासमा निकै बाधा भइरहेको छ, मांशपेसी र छातीमा पीडा भइरहेको छ ।’
कभर्ड हलमाभन्दा अस्पतालमा उनलाई धेरै सजिलो भएको छ । ‘कभर्ड हलमा धेरै गाह्रो थियो,’ उनले भने, ‘यहाँ आएपछि धेरै राहत फिल भइरहेको छ ।’ कभर्ड हलमा उनी ५ दिन बसेका थिए। बुधबार उनलाई अस्पताल ल्याइएको थियो ।
जुम्लाको स्वास्थ्य उपचार र उनको स्वास्थ्य खतराप्रतिको अड्कलबाजीलाई केसीले सहजै चिरिदिएकाे नागरिक दैनिकमा विशेष रिपाेर्ट छ ।
‘कर्णालीका नागरिक पनि मान्छे हुन् र म पनि,’ उनले भने, ‘यहाँका मान्छे यही अस्पतालका भरमा छन् भने मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने ?’ उनले प्रतिष्ठानका तर्फबाट आफूूले राम्रो उपचार पाइरहेको सन्देश पनि दिए । उनले भने, ‘म यहाँका चिकित्सकप्रति विश्वस्त छु।’ 
दिनप्रतिदिन उहाँ को स्वास्थ्य कमजोर हुँदै गर्दा सरकार बाट भने उहाँको अहिले सम्मको त्याग तपस्यालाई केही मागमा सम्बोधन गरेता पनि धेरै मुख्य मागमा व्यवास्ता गरिदै आइएको छ। सरकार धेरै चोटि परिवर्तन भए तर उहाँको मागलाई झिनो आश्वासन बाहेक उपलब्धि हुन सकेको छैन। अहिले माइतीघर मन्डलामा विभिन्न विपक्ष पार्टी लगाएत नागरिक समाज,  मानवअधिकार कर्मी हरुले उहाँको माग पूरा हुनुपर्ने माग सहित शान्ति पुर्वक बिरोध र्याली भैरहेका छ्न।

Comments

Popular posts from this blog

A Message for World on Coronavirus #GGAspeakforlife #StayHome #SaveLives...

कोरोसियालि खेलाडिको हौसला र प्रेरणाकि खानी रास्ट्रपति हुन।