Posts

Showing posts from February, 2019

वाग्मती सफाइ महाअभियानको ३०० औँ हप्ता सम्पन्न साथै डुंगा रयाप्टिण्गको झलकहरु (फोटो फिचर )

Image
काठमाडौं २६ : वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना सम्पन्न भएको छ । ‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ मूल नाराका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । समारोहस्थल शंखमूलमा उत्तरतर्फ मीनभवन र दक्षिणतर्फ बुद्धनगर (यूएन पार्क) बाट बाग्मती सफाइ अभियन्ताहरू र सयौँका स्वयंसेवक र्‍याली सहित सहभागी भएका थिए विसं २०७० जेठ ५ गते  तत्कालीन मुख्यसचिव एवम् हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गर्नु  भएको थियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई ,खानेपानी तथा सरसफाइमन्त्री बिना मगर , प्रहरी , आर्मी र ससस्त्र प्रहरी बल ,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सुरुको १००औँ हप्तासम्म बागमती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार